कालिमाटी गाउँपालिकामा एमालेका खत्री निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कालिमाटी गाउँपालिकामा एमालेका खत्री निर्वाचित

विप्लव महर्जन

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिकामा अध्यक्षमा एमालेका दानबहादुर खत्री विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सहनसिलता ओली विजयी भइन् ।

खत्रीले ३ हजार ७ सय ४१ र ओलीले ३ हजार ३ सय ७२ मत प्राप्त गरे । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराईले ३ हजार १ सय २९ र कांग्रेसका भरत पुनले २ हजार ३ सय ७९ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा विजयी भएकी सहनसिलता ओलीकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ज्ञानबहादुर खत्रीले २ हजार ७ सय ८६ र कांग्रेसकी काशिमाया रानाले २ हजार ३ सय ५२ मत प्राप्त गरिन् । खत्री ०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा र ओली उपाध्यक्ष पदमा विजयी भएका थिए । कालिमाटी गाउँपालिका एमालेको बाहुल्यता रहेको छ ।

कालिमाटी गाउँपालिकाका १५ हजार ८६ मतदातामध्ये निर्वाचनमा १० हजार १ सय ६६ ले मतदान गरेको निर्वाचन अधिकृत मनोहर घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुरको उपमेयरका माओवादी उम्मेदवार बज्राचार्य भन्छन् : कांग्रेसबाट धोका भयो

कांग्रेसका मेयर उम्मेदवार महर्जनको दाबी : धोका भएको छैन
कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् । १५ हजारभन्दा बढी मत गणना हुँदा महर्जनले ८५३४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन् । 

०७४ को चुनावमा २४,३१६ मत ल्याएर ३२६ मतले मात्रै हारेका व्यञ्जनकारका लागि यसपटकको गठबन्धन भारी परेको देखिन्छ । म परिणाम सार्वजनिक भइसकेको १,२ ३ वडामा मात्र नभई एमालेको प्यानल नै विजय भएको ५ वडामा पनि उनले महर्जनले भन्दा कम भोट पाएका छन् । यद्यपि हालसम्मको परिणामलाई व्यञ्जनकारले स्वाभाविक रूपमा लिएका छन्, '०७४ मा पनि २० वडासम्म गन्दा म निकै पछाडि थिएँ । अन्त्यमा ३२६ मतको मात्रै अन्तर भयो । पछि त्यो पनि कर्मचारीले गडबड गर्दा हारेका थिए, उनले भने, मेरो कोर एरिया आउन बाँकी नै छ ।'

गठबन्धनका माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्यले कांग्रेसले गठबन्धनका नाममा धोका दिएको आरोप लगाएका छन् । 'मेयर महर्जनले हाम्रो पार्टीको भोट लिए तर हामीलाई भने दिएनन्,' उनले भने, 'अब गठबन्धन धेरै दिन टिक्दैन । आफू मात्रै लिने, अरुलाई नदिने गठबन्धनको आयु हुँदैन ।'

महर्जनले भने कांग्रेसले माओवादीलाई धोका नदिएको बताउँछन् । 'कोठे बैठकमा सँगै थियौं । घरदैलो कार्यक्रममा पनि सँगै थियौँ,' उनले भने, 'मेरो लागि मात्र मैले भोट मागेन ।' उनले मतदान शिक्षा अभाव कारण गठबन्धनबाट उपमेयरका उम्मेदवारलाई भोट नपरेको हुन सक्ने बताए ।

पछिल्लो मतपरिणामअनुसार एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्यले ४३३५ मत ल्याउँदा माओवादीका बज्राचार्यले २७९४ मात्र प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसले उम्मेदवार नै नउठाए पनि रुखमा २३३० मत खसेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×