माइजोगमाई गाउँपालिकामा एमालेका थेबे निर्वाचित

जेष्ठ ३, २०७९

विप्लव भट्टराई

इलाम — माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेबे पालिका प्रमुखमा निर्वाचित भएका छन् । थेबेले ५ हजार १ सय ३५ मत प्राप्त गरेका छन् । प्रतिद्वन्दी गठबन्धनबाट एकीकृत समाजवादीका जीतबहादुर राईले ४ हजार ९१३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई ५ हजार १ सय ५९ मत ल्याएर विजयी बनेकी छन् । एमालेकी सावित्रा भट्टराईले ४ हजार ८ सय ८३ मत प्राप्त गरिन् । 

स्थानीय तह निर्वाचन २०७९

विप्लव

Link copied successfully