राजापुर नगरपालिकामा माओवादीका चौधरी विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

राजापुर नगरपालिकामा माओवादीका चौधरी विजयी

कमल पन्थी

बर्दिया — जिल्लाको राजापुर नगरपालिकामा माओवादी केन्द्रका दिपेश चौधरी नगर प्रमुखमा निर्वाचित भएका छन् । उनले कांग्रेसका प्रमुखका उम्मेदवार दिपक जंग शाहलाई ४७ मत अन्तरले हराए ।

निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार चौधरीले ९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका शाहले ९ हजार ७ सय ६० मत पाए ।

यसैगरी उपमेयरमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छन् । उनी ०७४ को निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी यशोधा थारुले १० हजार ४५ मत प्राप्त गरिन् ।

तेस्रो स्थानमा एमालेका प्रमुखका उम्मेदवार पहाडी थारुले ६ हजार ७२ र उपप्रमुखमा ५ हजार ४ सय २२ मत प्राप्त गरेकी छिन् । प्रमुख पदमा निर्वाचित चौधरी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनाव लडेका हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाको मधुवन नगरपालिकामा कांग्रेस निर्वाचित

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकामा कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका तेजबहादुर भाट निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्मालाई ८ सय ४४ मतान्तरले पराजित गरेका छन् ।


कांग्रेसका भाटले ८ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी उपप्रमुखकी उम्मेदवार अनिता चौधरीले ८ हजार ३ सय ५५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार सुभद्रा थारुले ७ हजार ८ सय ९९ मत पाएकी छिन् ।एमालेकी धर्मराज थापाले ६ हजार ७२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखकी उम्मेदवार सम्झना विकले ५ हजार ४ सय २२ मत प्राप्त गरेकी छिन् । ०७४ को पालिका निर्वाचनमा मधुवनमा माओवादी केन्द्रका प्रमुख,उपप्रमुख निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×