बर्दियाको मधुवन नगरपालिकामा कांग्रेस निर्वाचित

जेष्ठ ३, २०७९

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकामा कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका तेजबहादुर भाट निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्मालाई ८ सय ४४ मतान्तरले पराजित गरेका छन् ।

कांग्रेसका भाटले ८ हजार ७ सय ७५  मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शर्माले ७ हजार ९ सय ३१ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी उपप्रमुखकी उम्मेदवार अनिता चौधरीले ८ हजार ३ सय ५५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार सुभद्रा थारुले ७ हजार ८ सय ९९ मत पाएकी छिन् ।एमालेकी धर्मराज थापाले ६ हजार ७२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखकी उम्मेदवार  सम्झना विकले ५ हजार ४ सय २२ मत प्राप्त गरेकी छिन् । ०७४ को पालिका निर्वाचनमा मधुवनमा माओवादी केन्द्रका प्रमुख,उपप्रमुख  निर्वाचित भएका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully