कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मकवानपुरगढीमा कांग्रेसका दोर्जे लामा विजयी

सुवास विडारी

मकवानपुर —  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएका छन् । 

मकवानपुरगढीमा कांग्रेसका दोर्जे लामा विजयी

मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन्।

दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्। स्याङ्तानले १ हजार ६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन।

त्यसैगरी उपाध्यक्षमा नेपालीले एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९ सय ६ मत बढि मत प्राप्त गरेकी छिन् । नेपालीले ६ सय १ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५ हजार २ सय ४ मत प्राप्त गरेकी थिइन्।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?