मकवानपुरगढीमा कांग्रेसका दोर्जे लामा विजयी

जेष्ठ ३, २०७९

सुवास विडारी

मकवानपुर —  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएका छन् । 

मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली  निर्वाचित भएका छन्।

दोर्जेले ६ हजार ७ सय ६  मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्। स्याङ्तानले १ हजार ६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन।

त्यसैगरी उपाध्यक्षमा नेपालीले  एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९ सय ६ मत बढि मत प्राप्त गरेकी छिन् । नेपालीले ६ सय १ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५ हजार २ सय ४ मत प्राप्त गरेकी थिइन्।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully