कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी इङ्गनाम निर्वाचित- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी इङ्गनाम निर्वाचित

देवनारायण साह

मोरङ — मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् । एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरिन् ।

राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी भएकी छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृत गणेश नायकले बताए ।

उक्त गाउँपालिका उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङ्ले ७ हजार ८ सय १८ मत प्राप्त गरिन् ।

गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले २ र एमालेले ५ वटा वडाध्यक्षमा विजयी हात पारेका छन् । वडा १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, वडा २ मा एमालेका शुशिल बुढाथोकीले १ हजार ८ सय ६४, वडा ३ मा एमालेका गोपालबहादुर कार्कीले ७ सय ७५, वडा ४ मा कांग्रेसका रमेश राउतले १ हजार ३ सय १४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै, वडा ५ मा एमालेका चरण गुरुङले १ हजार ६ सय २७, वडा ६ मा एमालेका खडगबहादुर बस्नेतले १ हजार ७ सय ४६ र वडा ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार २ सय २८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नायकले बताए ।

अघिल्लो निर्वाचनमा उक्त गाउँपालिका अध्यक्षमा एमालेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ र उपाध्यक्षमा राजमतिले ७ हजार २९ मत ल्याएर जितेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडामा राप्रपा फेरि अगाडि लाग्यो

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकामा राप्रपाले पुन: अग्रता लिएको छ । मंगलबार साँझ ७ बजेसम्म २७ हजार ४६२ मत गणनाहुादा राप्रपा अगाडि बढेको हो । राप्रपा ४८ मतले अगाडि रहेको छ ।

राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेको सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।

हालसम्म हेटौंडाको चारवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्म हेटौंडाको २ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हाल हेटौंडामा आठवटा वडाको मतगणना भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×