हेटौंडामा राप्रपा फेरि अगाडि लाग्यो


मकवानपुर — हेटौंडा उपमहानगरपालिकामा राप्रपाले पुन: अग्रता लिएको छ । मंगलबार साँझ ७ बजेसम्म २७ हजार ४६२ मत गणनाहुादा राप्रपा अगाडि बढेको हो । राप्रपा ४८ मतले अगाडि रहेको छ ।


राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेको सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।
हालसम्म हेटौंडाको चारवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्म हेटौंडाको २ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हाल हेटौंडामा आठवटा वडाको मतगणना भइरहेको छ ।
प्रकाशित : जेष्ठ ३, २०७९ १९:४७