१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पुतलीबजारको मेयरमा कांग्रेसका रेग्मी विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तुलसीराम रेग्मी विजयी भएका छन् । एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै रेग्मी मेयरमा निर्वाचित भएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।

पुतलीबजारको मेयरमा कांग्रेसका रेग्मी विजयी

पुतलीबजारको उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित भइन् । निवर्तमान उपमेयर समेत रहेका एमालेका महेश पुरीलाई उनले ९ सय ४७ मतले पछाडि पारिन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरे ।

नगरपालिकामा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिएको थियो । अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको थियो ।

यस्तै, पुतलीबजारका १४ वटा वडामा पनि कांग्रेसको बहुमत रहेको छ । पुतलीबजार १ मा कांग्रेसका उत्तम श्रेष्ठ विजयी भएका छन् भने २ मा एमालेका भीमबहादुर गुरुङ, ३ मा कांग्रेसका राजेन्द्रप्रसाद श्रेष्ठ, ४ मा कांग्रेसका शिव थापा, ५ मा कांग्रेसका अर्जुनकुमार कार्की, ६ मा एमालेका खेमबहादुर गुरुङ, ७ मा कांग्रेसका कृष्णबहादुर आले, ८ मा कांग्रेसका रमबहादुर सेन, ९ मा एमालेका दुतप्रसाद गुरुङ, १० मा कांग्रेसका अग्निप्रसाद पौडेल, ११ मा कांग्रेसका मनोज पौडेल, १२ मा एमालेका गन्जसिंह गुरुङ, १३ मा एमालेका जुद्धबहादुर थापा मगर र १४ मा कांग्रेसका जितेन्द्रप्रकाश मल्ल निर्वाचित भएको निर्वाचन सचिवालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?