धुनीबेसी नगरपालिकाको मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी

सरिता श्रेष्ठ

धादिङ — धादिङको धुनीबेसी नगपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । उनले ८ हजार ७ सय ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत प्राप्त गरे ।

धुनीबेसी नगरपालिकाको मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी

आचार्यको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ सालको निर्वाचनमा उनी एमालेबाट मेयरमा विजयी भएका थिए ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार सुरज उप्रेती विजयी भएका छन् । उनले ८ हजार ३ सय ८७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मन्दिरा श्रेष्ठले ६ हजार ४ सय ७० मत प्राप्त गरे । गठबन्धन गरेर निर्वाचनमा उत्रिएका उनीहरुले विजय हासिल गरेका हुन् ।

नगरपालिकाको एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने अन्यमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका वडा नं १ मा मानबहादुर तामाङले १ हजार ५१, वडा नं ६ मा रमेश प्रसाद आचार्यले ८ सय १७, वडा नं ८ मा रामकृष्ण रेग्मीले १ हजार ७६ मत, वडा नं ५ मा स्वतन्त्र उम्मेदवार विशाल भट्टराईले ८ सय ८६ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका वडा नं २ मा लक्षजित तामाङले एक हजार ९१, वडा नं ४ मा हरिप्रसाद सुवेदीले ८ सय ३६, नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वडा नं ३ मा प्रकाश हमालले ९ सय ३५, वडा नं ७ मा यदुनाथ पाठकले १ हजार ७८, वडा नं ९ मा माधवप्रसाद सिलवालले १ हजार २ सय ७९ मत ल्याई विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?