लिखु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कार्की र उपाध्यक्षमा एमालेकी थापा विजयी

जेष्ठ ३, २०७९

कुम्भराज राई

ओखलढुंगा — लिखु गाउँपालिकामा नेपाली कांग्रेसका अशोककुमार कार्की अध्यक्ष पदमा विजयी भएका छन् । उनले ३ हजार ७ सय ७६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिलनकुमार विष्टले ३ हजार ४ सय ९२ मत पाए ।

उपाध्यक्षमा नेकपा एमालेकी अस्मिता थापा विजयी भएकी छन् । उनले ४ हजार १ सय १६ मत पाइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ८३ मत पाइन् ।

कार्की भूमी आयोगको जिल्ला अध्यक्षबाट राजीनामा दिई लिखु गाउँपालिकाको अध्यक्ष पदमा प्रत्यासी बनेका थिए । त्यसैगरी उपाध्यक्षमा निर्वाचित थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । 

स्थानीय तह निर्वाचन २०७९

कुम्भराज

Link copied successfully