लिखु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रेष्ठ विजयी

जेष्ठ ३, २०७९

कृष्ण थापा

नुवाकोट — लिखु गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार ध्रुव श्रेष्‍ठ ४ हजार ६७ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मेघनारायण श्रेष्‍ठलाई १ हजार ४ सय ५१ मतान्तरले पराजित गरेका हुन् ।

पराजित मेघनारायण श्रेष्‍ठले २ हजार ६ सय १६ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी शुभद्रा अधिकारी (उप्रेती) निर्वाचित भएकी छन् । उनले ३ हजार १ सय ६७ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी शान्ति राईले २ हजार ८३९ मत ल्याइन् ।

स्थानीय तह निर्वाचन २०७९

कृष्ण

Link copied successfully