बैतडीको दोगडाकेदारको अध्यक्षमा एमालेका कार्की निर्वाचित

तृप्ति शाही

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा एमालेका चक्रबहादुर कार्की विजयी भएका हुन् । कार्कीले ४ हजार ९ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका देवराज जोशीले ४ हजार ९१ मत ल्याए ।

बैतडीको दोगडाकेदारको अध्यक्षमा एमालेका कार्की निर्वाचित

यस्तै, उपाध्यक्षमा पनि एमालेकै पार्वती कार्कीले जितेकी छन् । कार्कीले माओवादी केन्द्रका नवराज भट्टलाई ४ हजार ७ सय ८४ मत ल्याएर पराजित गरिन् । भट्टले ३ हजार ६४१ मत पाए । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जना दोहोरिएका छन् ।

८ वटा वडा रहेको पालिकाको वडा नम्बर १ मा एमालेका नवराज जोशीले जितेका छन् । यस्तै, वडा नम्बर २ मा माओवादी केन्द्रका विष्णुदत्त भट्टले जिते भने वडा नम्बर ३ मा एमालेका कालुराम सार्कीले जिते । वडा नम्बर ४ मा एमालेका तर्कराज भट्ट विजयी भएका छन् । वडा नम्बर ५ मा पनि एमालेका करवीर सिंह कार्कीले जिते । ६ नम्बर वडामा पनि एमालेका गोपाल सिंह कार्कीले जिते ।

७ नम्बर वडामा पनि एमालेकै दिनेशप्रसाद भट्टले जितेका छन् । ८ नम्बरमा भने कांग्रेसका महेन्द्र बहादुर विष्ट विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?