कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भरतपुरमा मतान्तर बढाउँदै रेनु

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको पाँचवटा वडाको २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले  नेकपा एमालेका विजय सुवेदीले भन्दा ३७३ मत बढी ल्याएकी छिन् । 

भरतपुरमा मतान्तर बढाउँदै रेनु

पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर अलि फराकिलो हुन थालेको हो । यसअघि सय, ५० या त्योभन्दा पनि झिनो मतान्तर रहने गर्दथ्यो । दाहालले ७ हजार ४ सय ७१ र सुवेदीले ७ हजार ९८ मत ल्याएका छन् ।

मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ३ हजार ६ सय ३ मत आएको छ । वडा नम्बर पाँचमा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । अघिल्लो पटक यो वडामा नेकपा एमाले विजयी भएको थियो ।

योसँगै भरतपुरमा हालसम्म कांग्रेसले चार र एमालेले एक वडामा वडाध्यक्ष जितेको छ । एमालेले अघिल्लो पटक जितेका ३ वटा वडामा पराजय भोगेको छ । अब गणना हुने वडा नम्बर ६ सत्तारुढ गठबन्धनका कांग्रेस र नेकपा माओवादी दुवैको राम्रो प्रभाव रहेको वडा हो । त्यसैले मतान्तर झनै फराकिलो हुने आकलन गरिएको छ । २९ वटा वडाहरू रहेको भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?