तिलोत्तमा — रूपन्देहीकाे कञ्चन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएका नवराज ढकालले ९ हजार ८५ मत ल्याएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार दिना नाथ आचार्यलाई १ हजार २४० मतान्तरले पराजित गरेका हुन् । उनले ७ हजार ८४५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी माैसमी थापा मगर विजयी भएकी छन् । उनले ९ हजार १९४ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी ओमकली राहादीले ७ हजार ६ सय ९९ मत ल्याएकी छन् ।
कञ्चन गाउँपालिकामा ५ मध्ये ३ वडामा सत्ता गठबन्धन र दुई वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका हरिनारायण थारु, वडा नम्बर ५ मा कुल प्रसाद पौडेल विजयी भएका छन् । गठबन्धनबाट वडा नं.२ मा टेक बहादुर गुरुङ, वडा नं.३ मा टीकाराम सापकोटा, वडा नं.४ केशरबहादुर खत्री वडाध्यक्षमा निर्वाचित भएका छन् ।
