पाँचथरको हिलिहाङमा कांग्रेस अगाडि

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार समरबहादुर अधिकारी ९५६ मतका साथ अग्रस्थानमा छन् । अधिकारीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भुवानीप्रसाद लिङदेनले ६१६ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भवानीप्रसाद लिङ्देन १२५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेकपा एमालेकी सुमित्रा उप्रेती सेढाईंले ५२ मतसहित पछ्याएकी छिन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully