सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार यी तीन पालिकामा सर्वदलीय सहमति गरी मतगणना सुरु गरिएको हो ।
सत्ता गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा रहेको यी पालिकाहरुमा मत गणनालाइ चासोका साथ हेरिएको छ । कमलामाई नगरपालिका मेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका उपेन्द्र पोखरेल र एमालेका महेन्द्रदेव श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज श्रेष्ठ र एमालेकी मञ्जु देवकोटा उम्मेदवार छन् ।
