लालीगुराँस नगरपालिका १ को अध्यक्षमा एमालेका खड्का निर्वाचित

वैशाख ३१, २०७९

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर खड्का विजयी भएका छन् । खड्काले ३ सय ९६ मत प्राप्त गरेका थिए । 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार हिमचन्द्र गुरुङले २ सय ९८ मत प्राप्त गरे ।

त्यस्तै, दलित महिला र महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् भने खुला सदस्यमा दुई जना कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

चन्द्र

Link copied successfully