१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुसीकोटमा कांग्रेस-एमाले गठबन्धन अगाडि

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकामा कांग्रेस-एमाले गठबन्धनले अग्रता लिएको छ । मत गणना सुरु भएदेखि हालसम्म कांग्रेसबाट प्रमुखका उम्मेदवार महेन्द्र केसीले अग्रता कायम राखेका छन् । 

मुसीकोटमा कांग्रेस-एमाले गठबन्धन अगाडि

उपप्रमुखमा पनि कांग्रेस एमाले गठबन्धनका एमाले उम्मेदवार थलबहादुर ओलीले पनि अग्रतालाई कायमै राखेका छन् । शनिबार बिहान २ बजेदेखि मत गणना थालिएको थियो । अहिले १ नम्बर वडाको आधा भन्दा बढी मत गणना सकिएको छ । गणनाका क्रममा कांग्रेसका केसी प्रमुखमा र एमालेका ओलीले अग्रतालाई कायमै राखेका छन् ।

माओवादीको प्रमुखका उम्मेदवार वसन्तकुमार शर्मा र एकीकृत समाजवादीका उपप्रमुखका उम्मेदवार विमलकुमार पुन पछि परेका छन् । १ हजार १ सय ९४ मत गणना भइसक्दा प्रमुखका उम्मेदवार केसीको पक्षमा ६ सय २७ र माओवादीका प्रमुखको उम्मेदवार शर्माको पक्षमा ४ सय ५८ मत खसेको छ ।

एमालेका उपप्रमुखका उम्मेदवार ओलीको पक्षमा ५ सय १५ र समाजवादीका उपप्रमुखका उम्मेदवार विमलकुमार पुनको पक्षमा ३ सय ८६ मत खसेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?