नुवाकोटको पञ्चकन्या र बेलकोटगढी नगरपालिकामा मतगणना सुरु

वैशाख ३१, २०७९

कृष्ण थापा

नुवाकोट — नुवाकोटको पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकामा मतगणना थालिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका संकलनमा ढिलाइ, परिचयपत्र र अन्य कार्यले गर्दा निर्वाचन आयोगले तोकेको समयमा मतगणना गर्न नसकिएकाे पञ्चकन्या गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत अञ्जन न्यौपानेले बताए ।

त्यसैगरी बेलकोटगढी नगरपालिका पनि मतगणना गर्न थालिएकाे छ । नुवाकोटका १२ वटै स्थानीय तहमा मतगणना भैरहेको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा ७१ प्रतिशत मत खसेको छ । 

नुवाकोटमा २ लाख ३७ हजा ३ सय ४३ मतदाता रहेका छन् । १ लाख ६७ हजार ७ सय ६९ मत खसेको थियो । महिला ८० हजार ७७८ जना र पुरुष ८६ हजार ९९१ जनाले मतदान गरेका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कृष्ण

Link copied successfully