उमाकुण्डमा कांग्रेसको अग्रता

वैशाख ३१, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उमाकुण्डको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार जीतबहादुर कटुवाले ४९ मत पाएका छन् भने एमालेका शेरबहादुर सुनुवारको ३१ मत प्राप्त गरेका छन् । 

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार सावित्री सुनुवारले ४४ मत र एमालेकी गंगादेवी कार्कीले ३० मत पाएकी छिन् ।

एक नम्बर वडा गुम्देलको मत गणना जारी रहेको छ । उक्त वडामा वडा अध्यक्षका लागि समेत नेपाली कांग्रेसले नै अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका उम्मेदवारले ५४ र नेकपा एमालेका उम्मेदवारले ४४ मत प्राप्त पाएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

टीकाप्रसाद

Link copied successfully