कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वखोला - १ को अध्यक्षमा एमालेका आले विजयी 

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सिलुवामा एमालेका गिरीमान आलेले १ हजार ४ सय ८८ मत ल्याएर प्यानलै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चुनबहादुर थापाले ४ सय ८६ मत पाए । 

पूर्वखोला - १ को अध्यक्षमा एमालेका आले विजयी 

खुल्ला, महिला, दलित गरी चार सदस्य नै एमालेबाट निर्वाचित भएका छन् । यसै वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेका नुनबहादुर थापाले १ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् । एमालेकै उपाध्यक्ष भागिरथी भट्टराईले १ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।

गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार मीनप्रसाद गिरीले ४ सय १ र उपाध्यक्षमा कांग्रेसकी विष्णुदेवी आचार्यले ४ सय ८४ मत पाएकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?