पूर्वखोला - १ को अध्यक्षमा एमालेका आले विजयी 

वैशाख ३१, २०७९

माधव अर्याल

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सिलुवामा एमालेका गिरीमान आलेले १ हजार ४ सय ८८ मत ल्याएर प्यानलै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चुनबहादुर थापाले ४ सय ८६ मत पाए । 

खुल्ला, महिला, दलित गरी चार सदस्य नै एमालेबाट निर्वाचित भएका छन् । यसै वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेका नुनबहादुर थापाले १ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् । एमालेकै उपाध्यक्ष भागिरथी भट्टराईले १ हजार ४ सय ७७ मत प्राप्त गरिन् । 

गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार मीनप्रसाद गिरीले ४ सय १ र उपाध्यक्षमा कांग्रेसकी विष्णुदेवी आचार्यले ४ सय ८४ मत पाएकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully