सन्धिखर्कमा एमालेलाई पछयाउँदै कांग्रेस

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका प्रमुख पदमा एमाले कृष्णप्रसाद श्रेष्ठले सुरुवाती चरणदेखि अग्रता कायम गरेका छन् ।

१४ सय ४० मत गणना हुँदा श्रेष्ठले ७ सय ७४ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट कांग्रेसकी उम्मेदवार शान्ता भण्डारीले ५ सय ६९ मत ल्याएर पछ्याइरहेकी छिन् । उनले  ५ सय ६९ मत ल्याएकी छिन् । उपप्रमुख पदमा गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्र भुसालले ६ सय ३ मत ल्याएर एमालेकी उम्मेदवार मिश्रा आचार्यलाई उछिनेका छन् । आचार्यले ५ सय ५३ मत ल्याइन् । 

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully