पर्साको कालिकामाईमा कांग्रेसलाई सुरुवाति अग्रता 

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

पर्सा — पर्साको कालिकामाई गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाति अग्रता लिएको छ ।

निर्वाचन अधिकृत प्रकाश कोइरालाका अनुसार, अध्यक्ष पदमा नेपाली कांग्रेसका अजय कुमारले २ सय २१ मतसहित अग्रता बनाएका छन् । जसपाका बशिष्ट कुमार १ सय २९ मत ल्याएर दोस्रो स्थानमा छन् । 

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी राजमती बरैनीले २ सय १२ र जसपाकी सहानी खातुन १ सय २८ मत ल्याई दोस्रो स्थानमा रहेकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully