इटहरी — इटहरी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । शनिबार पौने १ बजे बाट मतगणना सुरु भएको हो । यहाँ २० वडा छन् । तीमध्ये वडा नं १ र २० बाट मतगणना सुरु गरिएको निर्वाचन कार्यालय इटहरीले जनाएको छ ।
यहाँ १ लाख ४ हजार ६ सय २६ मतदातामध्ये ७३ हजार ८ सय ९६ जनाले मतदान गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार हेककर्ण पौडेल र एमालेको तर्फबाट यामकुमार सुब्बा रहेका छन् ।
इटहरीमा कांग्रेस,नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन छ । इटहरी उपमहानगरपालिकाको सभा भवनमा जारी मतगणनास्थल बाहिर नेपाल प्रहरी,सशस्त्र प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिएका छन् ।
