छत्रदेवमा कांग्रेसको अग्रता कायमै

वैशाख ३१, २०७९

वीरेन्द्र केसी

अर्घाखाँची — पछिल्लो मतपरिणाम अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेस उम्मेदवारले शुरुवाती अग्रता कायम राखेका छन् ।

पछिल्लो ८ सय मत गणना गर्दा कांग्रेसबाट पालिका अध्यक्ष पदका उम्मेदवार चन्द्रमान श्रेष्ठले ४ सय ८ र एमालेका उम्मेदवार दीपक पन्थीले ३ सय ५५ मत ल्याएका छन् । उपाध्यक्ष पदमा कांग्रेसकी इन्दिरा भुसालले ४ सय ३८ र एमालेकी मनिषा पन्थीले ३ सय ८१ मत ल्याएकी छिन् ।   

 

 

स्थानीय तह निर्वाचन २०७९

वीरेन्द्र

Link copied successfully