दाङको दंगीशरण–१ मा कांग्रेसको प्यालन विजयी

वैशाख ३१, २०७९

दुर्गालाल केसी

दाङ — दंगीशरण गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

अध्यक्षमा रमेश भण्डारी ६ सय ६४ मत पाएर विजयी भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

महिला सदस्यमा हुमा गिरी ६ सय ६७, दलित महिला सदस्यमा लक्ष्मी परियारले ६ सय ८७ मत तथा खुला सदस्यहरुमा मिना चौधरी ६ सय ७३ र चन्द्रलाल चौधरी ६ सय ७५ मतका साथ विजयी भएको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully