दार्चुलाका सबै स्थानीय तहमा मतगणना सुरु  

वैशाख ३१, २०७९

मनोज बडू

दार्चुला — दिउँसो पौने १ बजेबाट ब्यास गाउँपालिकाको मतगणना सुरु भएसँगै जिल्लाका सबै स्थानीय तहमा मतगणना जारी छ । ब्यास गाउँपालिका–१ को मतपेटिका हेलिकप्टरबाट आज ढुवानी भएपछि ब्यासमा मतगणना ढिला सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

 दुई नगरपालिकासहित ९ स्थानीय तहमा मतगणना जारी रहेको छ । मतगणना जारी रहेका स्थानीय तहमध्ये महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा एमालेको अग्रता देखिएको छ । ब्यास गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा गठबन्धन उम्मेदवारको अग्रता कायमै छ । 

स्थानीय तह निर्वाचन २०७९

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully