१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रारम्भिक परिणाममा सिर्जना र बालेनबीच प्रतिस्पर्धा

मधु शाही

काठमाडौँ — काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् । हालसम्म गणना गरिएको १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छिन्।बालेन शाह ३१ मतका साथ दोस्रोमा छन् ।

प्रारम्भिक परिणाममा सिर्जना र बालेनबीच प्रतिस्पर्धा

त्यसैगरी एमाले केशव स्थापितले २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, शाहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?