मरिण १ वडाध्यक्षमा माओवादी केन्द्रका गुर्मछान विजयी

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

सिन्धुली — मरिण गाउँपालिका-१ मा नेकपा माओवादी केन्द्रका हिराबहादुर गुर्मछान मगर विजयी भएका छन् । उनले ५०६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोपीलाल मगरले ३३८ मत पाए । वडामा अध्यक्षसहित चार सदस्य माओवादी केन्द्र  र एक महिला सदस्य एमालेबाट विजयी भएका छन् ।

मरिण गाउँपालिका अध्यक्षमा १११८ मत गणना हुँदा गठबन्धनबाट माओवादी विमर्श मोक्तानले ५५५ र एमालेका गोविन्दलाल माझीले ४३१ मत प्राप्त गरेका छन् । उपाध्यक्ष कांग्रेसकी बिमला माझीले ५२२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी छलिमाया रानामगरले १२ र स्वतन्त्र मञ्जु माझीले २ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

कुल मत १६ हजार ८ सय ४६ मध्ये १२ हजार १ सय ५८ मत खसेको थियो । यो ७२.१७ प्रतिशत हो । मरिणमा ७ वडा रहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully