प्यूठान — प्यूठान नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी साधना रावतले विजयी हासिल गरेकी हुन् । रावतले ९५३ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेतले ७११ म्त प्राप्त गरेका छन् । नगरपालिका वडा नं १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको प्यानल विजयी भएको हो ।
