नुवाकोट — नुवाकोट जिल्लाका दुई स्थानीय तहमा एक बजेपछि मतगणना सुरु गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटीका ढिला संकलन भएको, परिचयपत्र र अन्य कामले गर्दा मतगणना ढिलाई हुन गएको हो ।
सबै तयारी भैसकेकाले १ बजे गणना थालिने पञ्चकन्या गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत अञ्जन न्यौपानेले बताए । त्यसैगरी बेलकोटगढीनगरपालिका भेगी हिसाबले ठूलो र मतपेटीका आउन ढिलाई हुदा गणना सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृत टेकबहादुर कार्कीले बताए ।
नुवाकोटको १० स्थानीय तहमा मतगणना भैरहेको छ ।
