१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सानीभेरी- २ मा माओवादीको प्यानल नै विजयी

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–२ मा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार मानबहादुर पुन वडाध्यक्षमा विजयी भएका छन् भने ४ जना सदस्य पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

सानीभेरी- २ मा माओवादीको प्यानल नै विजयी

माओवादी केन्द्रका उम्मेदवार मानबहादुरको पक्षमा ४ सय ८२ मत खसेको छ भने काँग्रेसका दिनेश बिकले २ सय २१ मत ल्याएका छन् । वडा सदस्यमा माओवादी केन्द्रका गंगा दमाई, आशा खमाई, तिखे पुन र धने कामी विजयी बनेका छन् ।

सानीभेरी– १ वडामा पनि माओवादीको प्यानल विजयी बनेको छ । यहाँ माओवादी केन्द्र एक्लै चुनाव लडेको थियो भने काँग्रेस, एमाले, एकीकृत समाजवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । दुई वडाको अन्तिम मत परिणाम आइसक्दासम्म माओवादीका विर्खबहादुर विष्ट झण्डै ५ सय मतान्तरमा अग्रता कायम गरेका छन् । उपाध्यक्षमा पनि माओवादीकै कमला पुनले लिड गरिरहेकी छिन् । यहाँ कांग्रेसबाट गोरखप्रसाद चन्द र उपाध्यक्षमा एमालेका प्रकाश खड्का चुनावी मैदानमा छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?