सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका जंगबहादुर गुरुङले ३ सय ९८ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाछे लामिछानेले २ सय ५८ र माओवादी केन्द्रका उम्मेदवार रमेश कुमार राईले १ सय १७ मत पाएका छन् ।

निर्वाचन अधिकृत कुमार कोइरालाका अनुसार वडा सदस्यमा धर्मध्वज बस्नेत, सकुन्तला भूजेल, लक्ष्मी विक र भोलाकाजी राई विजयी भएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully