कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार सुडीको अग्रता

निवर्तमान मेयर पाँचौँ स्थानमा 

काठमाडौँ — जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता बनाएका छन् । सुडी २३२ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ९५ मत ल्याएका छन् ।

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार सुडीको अग्रता

कांग्रेसले मेयर पद जसपालाई छाडेपछि सुडीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह नै उम्मेदवार बनेका थिए । उनी अहिलेसम्मको नतिजाअनुसार पाँचौँ स्थानमा छन् । उनले ३४ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बलराम महतो र चौथो स्थानमा लोसपाका मनोज चौधरीले ४१ मत पाएका छन् ।

उपप्रमुखमा भने कांग्रेसका किशोरी साह ३०० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेकी रुणादेवी झाले १३५ मतसहित पछ्याइरहेकी छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?