जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार सुडीको अग्रता

निवर्तमान मेयर पाँचौँ स्थानमा 

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता बनाएका छन् । सुडी २३२ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ९५ मत ल्याएका छन् ।

कांग्रेसले मेयर पद जसपालाई छाडेपछि सुडीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह नै उम्मेदवार बनेका थिए । उनी अहिलेसम्मको नतिजाअनुसार पाँचौँ स्थानमा छन् । उनले ३४ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बलराम महतो र चौथो स्थानमा लोसपाका मनोज चौधरीले ४१ मत पाएका छन् । 

उपप्रमुखमा भने कांग्रेसका किशोरी साह ३०० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेकी रुणादेवी झाले १३५ मतसहित पछ्याइरहेकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully