कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल उपमहानगरमा कांग्रेसलाई पछ्याउँदै राप्रपा, तेस्रोमा एमाले

बुटवल — रुपन्देहीको बुटबल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले अग्रता लिएका छन् ।

बुटवल उपमहानगरमा कांग्रेसलाई पछ्याउँदै राप्रपा, तेस्रोमा एमाले

मेयरमा कांग्रेसका खेलारज पाण्डेयले पाँच सय मत प्राप्त गरेका छन् । राप्रपाका मृगेन्द्रकुमार शेरचलन दोस्रो नम्बरमा रहकेा छन् । उनले २ सय ५६ मत प्राप्त गरेका छन् ।

एमालेका बाबुराम भट्टराई भने तेस्रो नम्बरमा रहेका छन् । हालसम्मको मतपरिणामअनुसार भट्टराईले २ सय १ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ राप्रपाले अग्रता लिएको छ । राप्रपाकी भवगती पाण्डेले २ सय ८५ मत प्राप्त गर्दा एमालेका सावित्रादेवी अर्यालले २ सय ४३ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङ भने तेस्रो नम्बरमा रहेका छन् । उनले २ सय ३ मत प्राप्त गरेका छन् । मतगणना कार्य जारी रहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?