अछामको रामारोशन-२ मा माओवादी केन्द्रका परियार निर्वाचित

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

अछाम — अछामको रामारोशन गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मिनबहादुर परियार निर्वाचित भएका छन् । उनले २ सय ५५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले २ सय २७ र नेपाली कांग्रेसले ३९ मत प्राप्त गरेको छ ।

यसअघि रामारोशन -१ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully