विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की अग्रस्थानमा रहेका छन् ।

कोइराला २६९ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई एमालेका सागरकुमार थापाले १८१ मतसहित पछ्याइरहेका छन् । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७० मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी कार्कीले २२६ मत ल्याउँदा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १५२ मत ल्याएका छन् । विराटनगरमा सत्ता गठबन्धनमा कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवार उठाएको हो । उपमेयरका उम्मेदवार अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरासमेत हुन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully