कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालगन्ज उपमहानगरमा मतगणना सुरु 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयको हलमा मतगणना सुरु भएको हो । शनिबार बिहान ८ बजेबाट गणना सुरु हुने भनिए पनि घण्टौंपछि सुरु भएको हो । 

नेपालगन्ज उपमहानगरमा मतगणना सुरु 

मतगणना स्थलमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन भएका छन् । मतगणना भइरहेको स्थानमा जाली लगाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । ‘नेपालगन्जको मतगणना सुरु भइसकेको छ, मतगणना स्थलमा जाली लगाएर मतगणना गरिरहेका छौं,’ उनले भने । मतगणना स्थल भेरी प्राविधिक शिक्षालयको मुलगेट भन्दाबाहिर ठूलो संख्यामा सर्वसाधारणको भिड छ । नेपालगन्जको २३ नम्बर वडाबाट मत गणना थालिएको छ । जिल्लाका अन्य पालिकामा पनि मत गणना भइरहेको छ।

प्रकाशित : वैशाख ३१, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?