ठोरीमा एमालेको अग्रता 

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

पर्सा — मधेश प्रदेशको सबैभन्दा पश्चिममा पर्ने पर्साको ठोरी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । शुक्रबार रातिदेखि वडा नम्बर १ को मतगणना सुरु गरिएको थियो  ।

४ सय १ मत गणना हुँदा अध्यक्ष पदमा एमालेका लालबहादुर श्रेष्ठले १ सय ६५, नेपाली कांग्रेसका वृहस्पति कृष्ण श्रेष्ठले १ सय ८ र माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ९९ मत ल्याएका छन् । जसपाका विष्णु लोप्चनले ३ मत ल्याएका छन् । पदमलाल श्रेष्ठ ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । 

उपाध्यक्षमा एमालेकी गोकुली कुमारी रेग्मीले २ सय ८, माओवादी केन्द्रकी निरु तामाङले १ सय, नेपाली कांग्रेसकी चिनमाया लामाले ५५ र जसपाकी धना पंडितले १ मत ल्याएकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully