गुल्मी — राजनीतिक दलहरुबीच भएको झडप र विवादका कारण गुल्मीको रुरुक्षेत्र गाउँपालिका र धुर्कोट गाउँपालिमा मतगगणना सुरु हुन सकेको छैन । रुरुक्षेत्रमा एमाले माओवादी तथा धुर्कोटमा कांग्रेस माओवादीबीच भएको झडपका कारण सर्वदलीय बैठक बस्न नसक्दा मतगणना सुरु हुन नसकेको हो ।
विवादका कारण सर्वदलीय बैठक समेत बस्न नसकेकोले मतगणना सुरु गर्न नसकिएको रुरुक्षेत्र गाउँपालिकाका मतदान अधिकृत वसन्त प्रसाद पन्थीले बताए । धुर्कोटमा भने गाउँपालिका अध्यक्षका उम्मेदवार नै घाइतेलाई लिएर उपचारका लागि हिँडेकोले मतगणना हुन नसकेको निर्वाचन अधिकृत मुना पौडेलले बताइन् ।
