कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाँचथरका तीन गाउँपालिकामा कांग्रेस र एउटामा एमाले उम्मेदवारको अग्रता

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा मत गणना भइरहेका ४ मध्ये ३ वटा स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

पाँचथरका तीन गाउँपालिकामा कांग्रेस र एउटामा एमाले उम्मेदवारको अग्रता

जिल्लाको हिलिहाङ, तुम्वेवा र कुम्मायक गाउँपालिकामा कांग्रेस र फालेलुङमा एमाले उम्मेदवारले अग्रता लिएका हुन् ।फाल्गुनन्द, मिक्लाजुङ र याङवरक गाउँपालिकामा भने शनिबार मध्यान्हदेखि मात्रै मतगणना सुरु भएको छ ।

हालसम्म गणना भएको मत परिणाम अनुसार हिलिहाङ गाउँपालिकामा कांग्रेसका समरबहादुर अधिकारीले ६ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका भुवानीप्रसाद लिङदेनले ४ सय १८ मत पाएका छन् । सोही पालिकाको उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका भवानी लिङ्देन ४ सय १८ मतसहित अग्र स्थानमा छन् भने एमालेकी सुमित्रा उप्रती सेढाइलाई ४ सय २२ मत प्राप्त भएको छ ।

त्यसैगरी कुम्मायक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का अग्रस्थानमा छन् । लावतीले ३ सय १३ मत प्राप्त गर्दा एमालेका भीमप्रसाद सम्वाहाम्फेले २ सय २३ मत प्राप्त गरेका छन् । तुम्वेवा गाउँपालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का ४ सय ३ मतसहित अग्रस्थानमा छन् भने एमालेका गोविन्दबहादुर तामाङ २ सय २१ मतसहित दोस्रो स्थानमा छन् । फालेलुङ गाउँपालिकामा भने एमाले उम्मेदवार अगाडि छन् । यहाँ पालिका अध्यक्षमा एमालेका जयप्रकाश केरुङले १ सय १७ मत प्राप्त गर्दा कांग्रेसका वीरविक्रम थाम्सुहाङले ९४ मतप्राप्त गरेका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?