माधव नेपालको गृहनगरमा नेकपा एसलाई अग्रता

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — रौतहटको गौर नगरपालिकाको मेयर/उपमेयरमा नेकपा एकीकृत समाजवादी अग्रस्थानमा रहेको छ । सुरुवाति मतपरिणामअनुसार मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २७२ मतसहित अग्रस्थानमा रहेका छन् ।

उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ६५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका मोहनकुमार यादव ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीकै शैलकुमारी साह २०१ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा कांग्रेसकी शाहजान खातुनले ७६ मतसहित पछ्याएकी छिन् । 

गौर नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहनगरसमेत हो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully