बहुदरमाईमा नेपाली कांग्रेसलाई सुरुवाती अग्रता 

वैशाख ३१, २०७९

शंकर आचार्य

पर्सा — पर्साको बहुदरमाई नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ ।

निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईका अनुसार मेयर पदमा नेपाली कांग्रेसका नीतेन्द्र साह तेलीले ३७, एमालेका शिवप्रसाद पटेलले ३० र जसपाका सिंगासन साह तेलीले २२ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी सोनामति देवी यादवले ३६, एमालेकी सुष्माकुमारी कुशवाहाले ३३ र जसपाकी शान्ति कुशवाहाले २१ मत प्राप्त गरेकी छन् । 

स्थानीय तह निर्वाचन २०७९

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully