धादिङका पाँच पालिकामा मतगणना सुरु

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

धादिङ — धादिङका पाँच वटा स्थानीय तहको मतगणना सुरु भएको छ । जिल्लाको गल्छी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको थियो ।

 धुनिबेशी नगरपालिका, खनियाबास गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको छ । निलकन्ठ नगरपालिकामा भने भर्खरै मतगणना सुरु भएको छ । अरु पालिकाहरुमा मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully