झापा हल्दीबारीमा राप्रपाका लिङ्देनको अग्रता

वैशाख ३१, २०७९

अर्जुन राजवंशी

बिर्तामोड — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको हल्दीबारी गाउँपालिकामा अग्रता लिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह गाउँपालिका हल्दीबारीमा उनकै माइला भाइ रविन्द्र लिङ्देन अध्यक्ष पदका उम्मेदवार छन् । लिङ्देनले ३७१ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ३१३ मत ल्याएका छन् ।

 उपाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।  हल्दीबारीमा अघिल्लो स्थानीय तह चुनावमा पनि रविन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका थिए । तर, उपाध्यक्षसहित बहुमत सदस्य भने एमालेको थियो ।     

स्थानीय तह निर्वाचन २०७९

अर्जुन

Link copied successfully