दशरथचन्द नगरपालिका - ११ मा एमालेका पन्त विजयी

वैशाख ३१, २०७९

तृप्ति शाही

बैतडी — बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका पन्त ३ सय ३४ मतका साथ वडा अध्यक्षमा विजयी भएका हुन् । 

पन्त यसअघि पनि उक्त वडाको अध्यक्ष थिए । 

यस्तै दलित महिला सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएकी छन् । खुल्ला २ सदस्य र महिला सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully