थाहा नगरपालिकामा गठबन्धनको अग्रता

वैशाख ३१, २०७९

सुवास विडारी

मकवानपुर — मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ ।

थाहा–१ को मतगणनाको क्रममा सत्तारुढ गठबन्धनले करिब दुई सय मतले अग्रता लिएको हो । थाहा–१ मा १२ सय मत गणना हुँदा मेयरमा माओवादी केन्द्रले ६१४ मत प्राप्त गरेको छ । नेकपा एमालेले ४१८ मत प्राप्त गरेको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसले ५७० र नेकपा एमाले ४४६ मत प्राप्त गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully