कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रसुवाका तीन गाउँपालिमा कांग्रेसको अग्रता

बलराम घिमिरे

रसुवा — रसुवामा जारी मतगणनामध्ये तीन वटा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको हो । कालिका गाउँपालिकाको अध्यक्षमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । 

रसुवाका तीन गाउँपालिमा कांग्रेसको अग्रता

जिल्लाको चार वटा गाउँपालिकामा मध्यरातिदेखि मतगणना जारी छ । उपाध्यक्षमा पनि दुई वटा गाउँपालिकामा कांग्रेसको अग्रता छ । उत्तरगया र कालिका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले अग्रता लिएको हो । त्यस्तै आमाछोदिङ्मो गाउँपालिकामा माओवादी केन्द्रको उपाध्यक्ष पदमा अग्रता छ । नौकुण्डमा उपाध्यक्ष पदमा जसपाको अग्रता छ ।

लाङटाङ मतदान केन्द्रको मतपेटिका सदरमुकाम नआइपुगेकोले गोसाइकुण्ड गाउँपालिकको मतगणना अझै हुन सकेको छैन । मतपेटिका दिउँसो दुई बजेसम्ममा सदरमुकाम आइपुग्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । 'दुई बजे सर्वदलीय बैठक राखिएको छ,'उनले भने,' त्यसपछि मतगणना हुनेछ ।' हेलिकप्टरमा ल्याउने भनिएको मतपेटिका पैदल हुँदै ल्याइएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?