भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । मेयरमा एमाले उम्मेदवार वासुदेव थापाले ३२७ मत पाएका छन् भने सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले २६९ मत र राप्रपाका राधिका रानाभाटले ११७ मत पाएकी छिन् ।
त्यस्तै, उपमेयरतर्फ एमालेकी सरिता भट्टराईले ३२९ मतसहित अग्रता लिएकी छिन् भने नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १२७ र राप्रपाका प्रविन शर्मा ढु्ंगेलले ९० मत पाएका छन् ।
यहाँको प्राणी उद्यान कार्यालयमा शनिबार विहान ९ बजेदेखि मतगणना जारी छ ।
अहिले वडा नं. १ को मतगणना भइरहेको छ ।
