चौदण्डीगढी नगरपालिकामा एमालेको अग्रता

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — चौदण्डीगढी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अग्रता लिएको छ ।

६०४ मत गणना गर्दा एमालेका मेयरका उम्मेदवार कालुमान लामा २७६ मतका साथ अग्रस्थानमा छन् । लामालाई पछ्याइरहेका नेपाली कांग्रेसका खगेन्द्र राईले २०० मत ल्याएका छन् । 

यस्तै उपप्रमुखमा एमालेकी मणिका दुलालको २९१ र कांग्रेस रिताकुमारी चौधरीको २०३ मत आएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully